२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मुगु सदरमुकाममा भीषण आगलागी, १७ घर जलेर नष्ट

३० कात्तिक, मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ०९:१४