२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौलिक संस्कृतिकाे संरक्षण गर्नु नै देशको सफलताः प्रधानमन्त्री देउवा

२८ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको आवश्यक्ता भएको बताएका छन् ।

आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका हुन् । उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘आगामी दिनमा पनि प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु, यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ति प्राज्ञिक कुराहरु छन्, नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरु छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो ।’

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताए । उनले देश भौतिकरुपमा जति नै सम्पन्न भएपनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको बताए ।

प्रकाशित मिति : November 14, 2021 at 1:20 pm