२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कुलेखानी-हेटौंडा सुरुङमार्ग एमालेको सपना भएकाले काम गर्न नदिने राजेन्द्र पाण्डेको निर्णय

२७ कात्तिक, काठमाडाैँ । बागमती प्रदेशको सरकारले नेकपा एमालेको तत्कालीन सरकारले सुरू गरेको कुलेखानी-हेटौंडा सुरुङमार्गको काम अघि बढाउन नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेको सरकारले सुरू गरेका दीर्घकालीन महत्वका योजना तत्काल अघि नबढाउने नीति अन्तर्गत यस्तो निर्णय लिएका हुन ।

उनले यसका बारेमा शनिबार भएको नेकपा एकीकृतफ समाजवादीको केन्द्रीय कमिटीको बैठकमा जानकारी समेत गराएका छन । उनले यसअघि एमाले नेता डोरमणि पाैडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको बताएका छन ।

एमालेको सरकारले विद्युतीय बस खरिद गर्न ३० करोड रुपैयाँ र कुलेखानी-हेटौंडा सुरुङमार्गलाई ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । संघीय सरकारले पनि एमालेले अघि सारेका महत्वपूर्ण योजना रोकेर विपन्नको नाममा पैसा वितरणको योजना अघि सारेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १७:५३