२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

छठ पूजा गर्ने व्रतालु महिलालाई साडी वितरण

२४ कात्तिक,पर्सा । छठ पूजा गर्ने दुई हजार ५०० व्रतालुलाई वीरगञ्जका समाजसेवी एवम संविधानसभा सदस्य अनिल रुङ्गटाले साडी वितरण गरे। वीरगञ्ज महानगरपालिका–१ र २ का व्रतालुलाई करिब रु चार लाख बराबरको साडी बाँडेको हो ।

कोरोना सङ्क्रमणका कारण व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महङ्गाइँले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उहाँले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले छपकैयाको दुई वडाका गरिब तथा दलित व्रतालुलाई साडी वितरण गरेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १४:५३