२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आज अस्ताउँदो सूर्य र भाेलि उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै छठ पर्व

-मोहम्मद हबिब

२४ कात्तिक, भैरहवा । भैरहवामा छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले विधिवत रूपमा मनाउँदै छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका-५ स्थित सेनाको कालीभक्ति गण र सिद्धार्थनगर–४ स्थित रामजानकी हनुमान मन्दिर परिसरमा पूजाको तयारी पूरा भएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठ पर्व विधिवत रूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन् । वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापनको काम भइरहेको छठ पूजा समारोह व्यवस्थापन समितिका संयोजक आनन्दप्रसाद गुप्ताले बताए ।

साँझ ५ बजेदेखि राति १२ बजेसम्म प्रवचन लगायतको कार्यक्रम रहेको उनले बताए । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १०:४७