११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

ठूलो मात्रामा अवैध चिरान बरामद

२३ कात्तिक सिराहा । डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो ।

चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।

बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए ।

दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए ।

प्रकाशित मिति : November 9, 2021 at 7:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/