२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिए

२३ कात्तिक अछाम । अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रामारोशन गाउँपालिका- ६ भाटाकाटियाका गगने साउँदको शव भेटिएको हो ।

अन्दाजी ३० वर्षीय साउँद २१ कात्तिकमा भारतबाट मुजाबगर पुगेका थिए । तर, उनी आज स्थानीय टुडिसैन सालघाडी भिरमा मृत अवस्थामा फेला परेको वडा अध्यक्ष उदयबहादुर साउँदले जानकारी दिए । भारतबाट आएका उनी घर नपुग्दै मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताए । प्रहरीको टोलीले थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १८:३१