२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सरकारी गाडी चढेर आएका पूर्व सभामुख महरा मोटर बोटमा सरर

२३ कात्तिक, चितवन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा नारायणी नदीमा मोटर बोट सयर गरेर फर्किएका छन् । नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चढ्न बा२झ २८६३ नम्बरको सरकारी गाडीमा महरा नारायणगढ पुगेका थिए । नारायणी नदीमा मोटर बोट सयर गर्न पुगेका महरा एक जना महिलासँगै गएका थिए ।

उनीहरुको साथमा सवारी चालक र महराका सुरक्षा गार्ड (पिएसओ)समेत थिए । महराले नारायणी नदीमा सञ्चालित आयुष्मा मोटर बोटमा सयर गरेका थिए । सामान्य नागरिकलाई भन्दा धेरै समय उनीहरुलाई नारायणीमा मोटर बोट सयर गराएको थियो ।

महराले मोटर बोटमा करिब १० मिनेट सयर गरेका थिए भने कम्पनीले उनीसहित चारै जनालाई निःशुल्क मोटर बोट चढाएको थियो । पूर्व सभामुख महरा यौनकाण्डमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनी सभामुख भएको बेलामा उनको यौनकाण्ड बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १६:०१