२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रक्सी खाएर कर्मचारी कुट्ने पर्यटन बोर्डका सिइओ रेग्मी बर्खास्त हुने, ७२ घण्टे स्पष्टिकरण

२२ कात्तिक, काठमाडौँ । रक्सी खाएर कर्मचारी कुट्ने पर्यटन बोर्डका सिइओ डा धनन्जय रेग्मी बर्खास्त हुने भएका छन । रक्सीको मातमा भन्सारको कर्मचारी कुट्ने रेग्मीलाई बर्खास्त गर्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाको बीचमा सहमति भएको छ ।

सोमबार मन्त्री आलेले मन्त्रालयमै बोलाएर रेग्मीसँग कुरा गरे पनि चित्तबुझ्दो जवाफ नदिएपछि स्पष्टिकरण सोधेर पक्रिया पुर्याएर बर्दास्त गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिको समयमै मोटो रकम बुझाएर नियुक्ति हात पारेको अभियोग लागेका रेग्मीले फेरि मोटो रकम खर्च गरेर बालुवाटारको शक्ति प्रयोग गरे भनेमात्रै नभए उनी बर्खास्त हुने निश्चित भैसकेको छ मन्त्रालय स्रोतले दैनिकीसँग भन्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी ।

कर्मचारीको गालाको थप्पड हान्नुअघि उनले पाँच बोतल रक्सी क्लियर गर्न मन्त्री, सचिव र उनको स्वकीय उपसचिवको समेत नाम बेचेको विमानस्थलका प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन । सिइओ रेग्मीले मन्त्री आले, सचिव कोइराला र मन्त्रीका स्कवीय उपसचिव हेमन्त रेग्मीको नामै लिएर उनीहरूको नामको बोतल पनि आफूले बोकेको भन्दै दलित पेश गरेका थिए ।

तर रक्सीको मातमा गरेको रेग्मीको उक्त दलिल कर्मचारीले स्वीकार नगरेपछि थप्पड हानेको पाइएको छ । रेग्मीले जसको नाम बेचे त्यसमध्ये सचिव कोइरालाल र स्वकीय उपसचि रेग्मी दुबै जन्मजात रक्सी र माछामासु नखाएका व्यक्ति हुन । रेग्मीले यस्तो गरी नाम बेचेको थाहा पाएपछि कोइराला र रेग्मी दुबै थप क्रुद्ध बनेका छन ।

मन्त्रालयले रेग्मीलाई कारबाही गर्ने प्रयोजनका लागि ७२ घण्टे स्पष्टिकरण सोधेको छ । अहिले स्पष्टिकरण पत्र बनाउँदा बनाउँदै साँझको ६ बजेका कारण भोलिबाहान १० बजे रेग्मीको कामर्यालयमा पत्र पुग्ने मन्त्रालयको उच्च स्रोतले जानकारी दियो । उनी बोर्डको प्रमुख भएदेखि कहिल्यै पनि राम्रो गरेनन् । उनले नेपाल भ्रमण वर्षको सचिवालयले गरेको अनियमितता समेत लुकाएर राखेका छन ।

कात्तिक २० गते शनिबारको घटना भए पनि सोमबारमात्र कुटपिटको विषय बाहिर सार्वजनिक भएको थियो। सोमबार सार्वनजनिक विदा सकिएकाले घटना बाहिर आएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले ।

वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर शनिबार स्वादेश फर्किने क्रममा रेग्मीले पाँच बोतल रक्सी भन्सार पास गराउन नपाएको झोँकमा कर्मचारीको गालामा थप्पड हानेका हुन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार रेग्मीले डिउटीमा रहेका कर्मचारी नायव सुब्बा सुमन थापाको गालामा चड्कन हानेका हुन ।

उनीसँग ६ बोतल रक्सी देखेपछि थापाले प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ रेग्मीले गालामा चड्कन हानेर दिएका हुन । त्यसपछि भन्सार कार्यालयले रेग्मीमाथि कारबाही गरेको छ । भन्सारका कर्मचारीले नियन्त्रणमा लिएर चड्कन वापतको ५ हजार जरिवाना गरिएको भन्सार कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले कुटपिट भएको र त्यस उपर पाँच हजार रूपैयाँ जरिवाना गरेको पुष्टि गरेका छन । रेग्मीमाथि मोटो रकम घुस खुवाएर नियुक्ति लिएको आरोप लगेको थियो । यद्यपी यही समयमा पर्यटन बोर्डको आम्दानी घटेका कारण उनले राम्रो आम्दानी गर्न पाएका छैनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला ।

बोर्डका एक जना कर्मचारी गए पुग्ने कार्यक्रममा उनले चाकरीका लागि मन्त्री र सचिवलाइ समेत लगेको बोर्डका कर्मचारीले बताएका छन । मुख्य रूपमा बोर्डले यस्तो मार्टहरूमा निजी क्षेत्रका प्रतिनिधिका लागि सहजिकरण गरिदिने हो । तर बोर्ड मन्त्री नै बोकेर मार्टमा सहभागी हुन पुगेको थियो ।

नोभेम्बर १ देखि ३ सम्म लण्डनमा वर्ल्ड ट्राभल मार्ट भएको थियो । मार्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बोर्डका सिइओ रेग्मी लगायत सहभागी भएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्,

पर्यटन बोर्डका सिइओ डा रेग्मीले पाँच बोतल रक्सीका लागि भन्सारका कर्मचारी कुटे

-रक्सीको मातमा कर्मचारी कुट्ने पर्यटन बोर्डका सिइओ रेग्मीसँग मन्त्रालयको सोधपुछ

नेपाल पर्यटन बोर्डको सीईओमा गोविन्द केसीका समर्थक धनन्जय रेग्मी

गोविन्द केसीका समर्थक गाडी व्यापारी रेग्मी कसरी परे पर्यटन बोर्डको सिईओको एक नम्बरमा ?

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १९:२६