२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पार्टी काममा फर्किए झलनाथ खनाल

२२ कात्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् ।सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ (खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने ।

गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गाैला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए । चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १७:५६