२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

२२ कात्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १७:५२