२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियोः मुख्यमन्त्री पाण्डे

२२ कात्तिक, हेटौँडा । बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् ।प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह बनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वाेच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो । सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् ।

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको प्रस्तावमाथि अहिले प्रदेशसभामा मत विभाजन भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् ।

प्रकाशित मिति : November 8, 2021 at 5:20 pm