२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आन्दोलनको वलमा राप्रपाले राजसंस्था स्थापना गर्छः अध्यक्ष डा लोहनी

२२ कात्तिक, काठमाडौँ । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको वलमा राप्रपाले राजसंस्था स्थापना गर्ने बताएका छन । उनले अभिभावक विहिन मुलुकलाई दलीय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखाडा वनाएको आरोप लगाएका छन ।

राप्रपा सर्लाहीको जिल्ला अधिवेशनमा सम्बाेधन गर्दै अध्यक्ष लोहनीले प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट कांग्रेस तथा कम्युनिस्टहरु च्युत भयका कारण प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्थाको आवश्यकता रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखिएको बताए ।

अध्यक्ष डा लोहनीले नेपाललाई हिन्दुराष्ट्र वनाउनबाट कसैले रोक्न नसक्ने बताए । लोहनीले मधेसवादी दलहरु समेत असफल भयका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्ने बताए । अदालतको गाईजात्रा, निरीह संसदले प्रजातन्त्रको खिल्ली उडायको वताउदै उनले यो व्यवस्था असफलताको लक्षण रहेको बताए ।

उनले आउदो अधिवेशनले राप्रपालाई सहि नेतृत्व दिने वताउदै विवेक पुर्याउन कार्यकर्तालाइ अनुरोध गरे । अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति को निर्विरोध चयन गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १६:२८