२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप उपलब्ध

२२ कात्तिक, काठमाडाैँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरिन् ।

सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड–१९ विरुद्धको लडाईंमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरुपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १५:३६