२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

दाङको बबईमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

२२ कात्तिक, तुलसीपुर । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् । बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए । घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको उनले बताए । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रकाशित मिति : November 8, 2021 at 1:47 pm