२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रहरीले चलाउँछन प्रधानमन्त्री देउवाको फेसबुक, ‘देउवाको पेजमा प्रहरीका सइको पोज’

२२ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पनि प्रहरीले चलाउने गरेको खुलेको छ । देउवाको भेरिफाइड एकान्ट नै प्रहरीले चलाउने गरेको पाइएको हो । देउवाको पेज प्रहरी नायब निरीक्षक (सई)ले चलाउने गरेका छन ।

लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुकमा आफ्नो फोटो राखेपछि यस्तो खुलासा भएको हो ।

‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्विर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको हो ।

प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाए । जुन समयमा पाँच सय भन्दा बढी रियाक्सन र सय भन्दा बढी कमेन्टहरू देखिएका थिए ।

विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको बालुवाटार स्राेतले बताएको छ । प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज प्रेस सल्लाहकार वा सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । तर देउवाले त्यस्तो टिम बनाउन सकेका छैनन् । उनले त्यस्तो टिम नबनाएका कारण प्रहरीले नै फेसबुक चलाइदिएका छन ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १२:३२