१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक मन्दिरा वन्त नियुक्त

९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक मन्दिरा वन्त नियुक्त भएकी छिन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको सहायक डीन समेत रहेकी प्राध्यापक वन्तलाई आइओएम डीन कार्यालयले तत्कालका लागि अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको हो ।

घरायसी कारण देखाई अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले गत शुक्रबार पदबाट राजीनामा दिएपछि वन्तलाई अर्को व्यवस्था नभएसम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको आईओएमका डिन प्रा.डा. जगदिशप्रसाद अग्रवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : July 25, 2018 at 7:39 pm