२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

टोखा नगरपालिकालाई सहयोग गर्नेहरू सम्मानित हुने

२२ कात्तिक, काठमाडाैँ । टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विसं २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको संस्करण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिनुभयो ।

टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।

यस्तै, नीति निर्माणमा सल्लाह दिने महानुभाव, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रतक्ष्य एवं अप्रतक्ष्यरुपमा टोखालाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरपमुख अधिकारीले बताउनुभयो ।

टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : November 8, 2021 at 10:49 am