२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काेराेना अपडेटः १४३ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु,५६३ संक्रमणमुक्त

२१ कात्तिक, काठमाडौ‌ँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट  परीक्षण गर्दा २ जना गरी थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जना मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १६:४२