२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सल्यान बस दुर्घटना अपडेटः १२ जनाकाे मृत्यु, ३ जनाकाे पहिचान खुल्याे

२१ कात्तिक, दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

मृतककाे विवरण

१)सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली

२) दाङ जिल्ला घोराही उपमहानगरकाे नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी

३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँककी रहेकाे छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १५:१३