२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्न कांग्रेसको ह्वीप

१५ कात्तिक, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ ।

कांग्रेसबाट प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्न सदस्यहरूलाई सम्बोधन गर्दै प्रमुख सचेतक कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न हुन कांग्रेस प्रदेशसभा प्रदेश १ को माननीयहरूलाई ह्वीप जारी गर्दछु ।

प्रकाशित मिति : November 1, 2021 at 1:32 pm