१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

https://www.muktinathbank.com.np/online/loan-application

१४ कात्तिक, काठमाडौँ । आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।

सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : October 31, 2021 at 7:09 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/