सांसदलाई सचिवालयको सूचनाः अधिवेशनसँगै सदन अन्त्य भएकाले बैठक छ भनेर नआउनुहोला
१२ कात्तिक, काठमाडौँ । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरु पनि रद्ध भएको जानकारी गराएको छ । अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार सूचना जारी गरेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेकी थिइन् ।

अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।
प्रकाशित मिति : October 29, 2021 at 1:59 pm





