२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

परमादेशको प्रभावः प्रधानन्यायाधीशको विषयलाई लिएर वकिलहरूबीच हानाहान (भिडियो)

१२ कात्तिक, काठमाडाैँ । संविधान र विधिभन्दा बाहिर विभिन्न सम्झाैता गरेर परमादेश जारी गरेर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको प्रभाव बाहिर देखिन थालेको छ ।

सोही विषय विवाद चर्कदै जाँदा प्रधानन्यायाधीशको विषयलाई लिएर शुक्रबार नेपाल बार एशोसिएसन परिसरमा वकिलहरूबीच हानाहान भएको हो । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । कुट्ने र कुटाइखाने दुबै वकिल नेपाली कांग्रेस निकटका हुन ।

प्रकाशित मिति : October 29, 2021 at 1:45 pm