बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र मन्त्रीहरूले लिए शपथ
११ कात्तिक, हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री दावी पेश गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । त्यस्तै, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री र कृष्णप्रसाद खनाल आन्तरिक मामिला मन्त्रीमा सपथ लिएका छन् ।
प्रकाशित मिति : October 28, 2021 at 4:18 pm





