२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न सकिदैन्ः महाप्रसाद अधिकारी

११ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताए ।  बिहीवार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताए ।

उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजीटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताए । उनले क्यूआर कोर्ड मार्फत् भूक्तानि गर्दा समयको वचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने बताए ।

गभर्नर अधिकारीले भने, ‘आज हामीले क्यूआरको उद्घाटन गरिरहेका छौँ, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्यूआरको फाइदा धेरै छ, समयको बचत छ, काउण्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्शन सेटल हुन समय लाग्छ, क्यूआरबाट किन्यौँ, केही झन्झट नै छैन, क्यासको कारोबारमा बैंकसम्म पुग्नुपरेन, एक जनासँग कारोबार गर्दा क्यूआरबाट पाँच जनासँग कारोबार गर्न सकिन्छ, डिजिटल फाइनान्सियल सर्भिसलाई इग्नोर गरेमा कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन ।

नेपाल राष्ट्र बैंकले यसलाई प्रोत्साहित गरिरहेको छ, सबैले आफ्नो ठाउँबाट काम गर्ने हो भने डिजिटल नेपालको अभियान चाँडै नै पूरा गर्नेछौँ, हामीले एक खालको इको सिस्टम बनाउनुछ, नेपालको सन्दर्भमा, नेपालको राष्ट्रिय हीतको सन्दर्भमा यसको विशेष महत्व छ, यसबाट आन्तरिक लाभ धेरै छ ।’

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हीतको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए ।

प्रकाशित मिति : October 28, 2021 at 1:02 pm