सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना
११ कात्तिक, काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । ‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने ।

बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
प्रकाशित मिति : October 28, 2021 at 12:11 pm





