२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

दिउँसो २ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

११ कात्तिक, काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसारबैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : October 28, 2021 at 9:58 am