२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्री शाक्यले बुझाइन् राजीनामा

१० कात्तिक, हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन् । मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर शर्मासमक्ष राजीनामा बुझाएकी हुन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् ।

प्रकाशित मिति : October 27, 2021 at 4:24 pm