वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा
१० कात्तिक, काठमाडाैँ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिएकी छिन् । बुधबार शाक्यले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । राजीनामा दिएको घोषणा गर्दै शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् ।
प्रकाशित मिति : October 27, 2021 at 2:44 pm





