२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

५ वटा मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले भनेः म मुद्दा हेर्न छाड्दिनँ

१० कात्तिक, काठमाडौँ । राजीनामा दिनुपर्ने माग गर्दै चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार ५ वटा मुद्दाको सुनुवाइ गर्दै जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका हुन् ।

जबराले आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले केही नबाेल्ने र आफ्ना सबै कुरा भोलि राख्ने बताएका छन् ।

उनले भने, ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु।’ प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतका १५ न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरिरहेका छन् ।

प्रकाशित मिति : October 27, 2021 at 2:02 pm