२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

चीनबाट १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

१० कात्तिक, काठमाडौँ । सरकारले खरीद गरेको कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्तकाे १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेकाे छ । उक्त खोप आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको र साेही सम्झौँता अनुसारको पहिलो खेप आज नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताए ।

प्रकाशित मिति : October 27, 2021 at 12:41 pm