२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

प्रधानन्यायाधीश मुद्दाको सुनुवाइमा, न्यायाधीशहरू नेताको घरदैलो गर्दै आन्दोलनमा

१० कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश नै आन्दोलनमा छन । उनीहरू विभिन्न शक्तिकेन्द्र र विचौलियाहरूको सेटिङमा आन्दोलित बनेका छन । त्यही आन्दोलन कसरी निष्कर्षमा पुर्याउने भन्दै उनीहरूले नेताहरूको घरदैलो गर्नेदेखि केही पूर्व प्रधानन्यायाधीश जोमाथि युरोपियन युनियनको एजेन्ट भएको आरोप समेत लाग्ने गरेको छ, उनीहरूसँगै छलफल गर्दै आन्दोलनका कार्यक्रम अघि बढाउन थालेका छन ।

अहिले भने उनीहरू सर्वोच्चमै छुट्टै छलफलमा जुटेका छन । यही समयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा भने सबै न्यायाधीशका लागि इजलाश तोकेर आफू मुद्दाको सुनुवाइमा जुटेका छन । उनले आफूसहितको संवैधानिक इजलासमा एक मुद्दा र एकल इजलासमा ५ मुद्दा तोकेका छन ।

उनी एकल इजलासमा अहिले सुनुवाइमा बसेका छन । प्रधानन्यायाधीलाइ सर्वोच्चबाट निकाल्नका लागि कांग्रेस, माओवादी र विदेशीको स्रोत परिचालनमा काम गरिरहेका विचौलियाहरूले काम गरिरहेका छन । सोमबार रात्री भारतीय दूतावासमा पूर्व भारतीय राजदूत रञ्जित रे को रात्रीभोजपछि वकिलदेखि नेपाल वार एसोसियसन समेत आन्दोलित बनेको छ ।

परमादेशबाट शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गर्दा फैसला समेत अदालतबाहिर लेखिएको भनेर आलोचना भैरहेको छ ।

यो पनि पढ्नुहोस्,

देउवा र प्रचण्डले परमादेशअघि भनेका सबै कुरा सार्वजनिक गर्ने प्रधानन्यायाधीशको चेतावनी

प्रकाशित मिति : October 27, 2021 at 12:35 pm