२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

प्रधानन्यायाधीशले तोके आफुसहितको पेसी, हाेला त सुनुवाइ ?

१० कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । राजीनामा दिनुपर्ने माग गर्दै चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीशले संवैधानिक इजलाससहितको पेसी तोकेका हुन् ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास तोकिएको छ ।

सर्वोच्चका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै इजलास बहिस्कार गर्दै आइरहेका छन् । यस्ताे बेलामा आज पनि सुनुवाइ अनिश्चित रहेकाे छ ।

प्रकाशित मिति : October 27, 2021 at 12:21 pm