एमाले वीरगञ्ज महानगरको अध्यक्षमा राजेन्द्र यादव र उपाध्यक्षमा महेश दास
१० कात्तिक, वीरगञ्ज । नेकपा एमालेको वीरगञ्ज महानगर कमिटीले नयाँ नेतृत्व पाएको छ । मंगलबार भएको प्रथम महानगर अधिवेशनले राजेन्द्रप्रसाद यादवको अध्यक्षमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पत्रकार महेश दास चयन भएका छन । त्यस्तै सचिवमा सुन्दर प्रसाद कुर्मी र उपसचिवद्धयमा मुना दाहाल र अनवर अली चयन भएका छन । उनीहरू सबै सर्वसम्मत चयन भएका हुन ।
अधिवेशनले महागर कमिटीको सदस्यहरूमा बीरेन्द्र कण्ठ, सदस्य – पन्नालाल साह, लक्ष्मण थापा, जिवन हमाल, ग्यासु मियाँ, नविदिन हवारी, बिक्रम सिंह, रघुनाथ गोसाई, वसिम अली, प्रदिप चौरसिया, नुरुल होदा अन्सारी, अनुप बस्नेत, वासु शर्मा, अच्छेलाल कहार, वसिर हवारी, सबिता गिरी, परमशिला देवी लगायत चयन भएका छन ।

प्रकाशित मिति : October 27, 2021 at 10:37 am





