२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

प्रचण्डकै एजेण्डामा सेट भयो नेपाल बार एसोसिएसन, प्रधानन्यायाधीश हटाउन आन्दोलन गर्ने

१० कात्तिक, काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको षड्यन्त्रको शिकार बनेको छ । बारले प्रचण्डको एजेण्डा अनुसारनै सर्वोच्च अदालतका प्रधानन्यायाधीश हटाउन आन्दोलन गर्ने भएको छ ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै राजिनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षता आँच आउने काम गरेको आरोप लगाएको छ ।

नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन । उनले आन्दोलनको चेतावनी नेपाल बारको भए पनि प्रष्ट पारे ।

नेपाल बारले मंगलबार केन्द्रिय समितिको बैठक बस्नुअघि सल्लाहकार समितिका पदाधिकारीहरु सँग छलफल गरेको थियो । सल्लाहकार समितिका पदाधिकारीहरुले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा माग्नु पर्ने राजिनामा नदिए आन्दोलनमा जानुपर्ने सल्लाह दिएका थिए ।

संसद पंगु बनाएर अदालत माथि आक्रमण सुरू गरेको समूहले अहिले सर्वोच्च अदालत नै फ्रिज गरिदिएको छ । न्यायाधीशहरू आन्दोलित छन भने विचौलिया र तीनको रेखदेख र संरक्षण गर्नेहरू अदालतशो जनविश्वास समाप्त पार्ने विभिन्न काममा सक्रिय रहेका छन ।

प्रकाशित मिति : October 27, 2021 at 9:40 am