काेराेना अपडेटः ६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु, ६६२ संक्रमणमुक्त
९ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ र २२४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९७ जना गरी थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जना कोरोनाको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : October 26, 2021 at 5:21 pm





