रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउनुपर्छ भनेर उद्धृत गर्दा पनि सरकार माैन बस्याेः रमेश खरेल
९ कात्तिक, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक डिआईजी रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् । उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण बिरोध गर्नुपर्ने बताए । उनले काठमाडौँ दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे।
उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाउनुभयो । पूर्व डिआईजी खरेलले कितावमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे ।

कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताए । उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उनले नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए ।
उनले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उहाँले सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कितावको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताए ।
प्रकाशित मिति : October 26, 2021 at 4:47 pm





