१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

सकियो १५ न्यायाधीशको छलफल, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै

https://www.muktinathbank.com.np/online/loan-application

९ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ । सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिए ।

सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू पनि तयार रहेको जनाउ दिइसकेका छन् ।

प्रकाशित मिति : October 26, 2021 at 2:37 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/