न्यायाधीशहरूलाई राणाकाे जवाफः प्रश्न उठेका सबैले राजीनामा दिए म पनि दिन्छु
९ कात्तिक, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूसँगको सामूहिक भेटमा आफ्नो नियुक्ति संवैधानिक तबरले भएकाले सडक र अन्य ठाउँबाट कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् ।
न्यायाधीशहरूले राणालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । राणाले आफ्नाे नियुक्ति संवैधानिक तबरले भएको भन्दै सडक र अन्य ठाउँबाट राजीनामा माग्दैमा राजीनामा नदिने बताएका हुन् ।

राणाले अन्य न्यायाधीशमाथि पनि प्रश्न उठेको भन्दै सबै श्रीमानले राजीनामा दिने हो भनेर समेत प्रश्न गरेका थिए । प्रश्न उठेका सबैले राजीनामा दिए आफू पनि तयार रहेको बताए ।
राणासँगको भेटपछि १५ जना न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश राणाले भने केही बेरमा पत्रकारहरूलाई भेट्दैछन् ।
प्रकाशित मिति : October 26, 2021 at 1:45 pm





