२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

नुवाकोटको किस्पाङमा एमालेको नयाँ नेतृत्व, अधिवेशन उद्घाटन गर्न मन्त्री नै पुगे गाउँमा

८ कात्तिक, नुवाकोट । नेकपा (एमाले) किस्पाङ गाउँ पालिका वडा नम्बर ४ काे वडा अधिबेशन सम्पन्न भएको छ। बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको प्रमुख आतिथ्यतामा र माननीय आसामाया तामाङको विशेष आतिथ्यतामा किस्पाङकाे साल्मेमा सम्पन्न भएको अधिबेशनले सर्वसम्मत रुपमा ५० प्रतिशत महिला सदस्य सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु विन्दा ढुङ्गाना, विजय सिं लाेप्चन, मेन्चुङ तामाङ , किस्पाङ गाउँ कमिटीका अध्यक्ष विरबल तामाङ, विदुर नगर कमिटी सचिव अनुज कुमार श्रेष्ठ, युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियु नुवाकोटका नेता कुमार नेउपाने, फैसल डिन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे ।

अधिबेशनले हाेम बहादुर घलेकाे अध्यक्षतामा उपाध्यक्ष छन्दर तामाङ, सचिव हिल्ली राज तामाङ, उपसचिव बुद्धे तामाङ, उपसचिव डम्बर सिं तामाङ रहेका छन ।

प्रकाशित मिति : October 25, 2021 at 9:24 pm