३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

म राजिनामा दिन्न, मेरो अडानमा प्रतिवद्ध छुः प्रधानन्यायाधीश राणा

८ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफूले राजिनामा नदिने स्पष्ट पारेका छन । दैनिकीसँग कुरा गर्दै प्रधानन्यायाधीश राणाले आफू अडानमा कति पनि विचलित नरहेको बताए ।

दैनिकीसँगको कुराकानीमा प्रधानन्यायाधीश राणाले भने, ‘म मेरो कुरामा प्रतिवद्ध छु, अरूको झुटको हल्लाको पछि नलाग्नुहोला । मैले किन राजिनामा दिने ? यो सम्भव छैन ।’

विचौलिया, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका वकिलदेखि तीनका नेता कार्यकर्ताले प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने भन्दै चर्को अवाज उठाइरहेका छन । भारतीय दूतावास निकटका केहीले प्रधानन्यायाधीशले राजिनामा दिइसकेको भन्दै भ्रम समेत बाँडेका छन ।

सोमबारबाट सर्वोच्चका कतिपय न्यायाधीले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने र वेञ्च बहिष्कारको अपराधपूर्ण काममा सहभागिता जनाएका छन । न्यायाधीशहरू आफूले भनेको जस्तो अराजकता मच्चाउनका लागि आन्दोलननै गर्न थालेपछि न्यायालयको गरिमा समेत कमजोर बनेको छ ।

प्रधानन्यायाशीलाई मोहरा बनाएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतले आफ्नो सुरक्षा गर्न खोजेको बुझिएको छ । प्रधानन्त्रीमा शेरबहादुर देउवालाई सीधै नियुक्त गरेर राष्ट्रपतिलाई सपथ खुवाउन आदेश दिएपछि न्याया चरम विवादित बनेको छ ।

उक्त आदेशकोको फैसला लेख्ने जिम्मा पाएका न्यायाधीश इश्वर खतिवडाले अन्तैबाट फैसला सारेको र अर्कैले लेखेको समेत भनेर विभिन्न सञ्चारमध्यममा तथ्यसहितका समाचार प्रकाशित भैरहेका छन । त्यस्ताकुरामा ध्यान नदिनेहरू नै अहिले प्रधानन्यायाधीशको राजिनामा मागेर आफ्नो खपत बढाउने चेष्ठामा लागेका छन ।

प्रकाशित मिति : October 25, 2021 at 8:30 pm