१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

प्रधानन्यायाधीशले निकास दिनुपर्ने नेपाल बारको निष्कर्ष

https://www.muktinathbank.com.np/online/loan-application

८ कात्तिक, काठमाडौँ । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ । न्यायाधीशले प्रधानन्यायाधीश भेट्ने, इजलासमा सुनुवाइ नहुने यसरी कसरी जनताले न्याय पाउँछन् ।’

श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताए । ‘उहाँको काम कारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उनले भने ।

प्रकाशित मिति : October 25, 2021 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/