लुम्बिनी प्रदेशसभा बैठक स्थगित
८ कात्तिक, बुटवल । एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा बैठक स्थगित गरिएको बताए । अबको बैठक यही ११ कात्तिक बिहीबारका लागि तोकिएको छ । यसअघि पनि एमालेको विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित भएको थियो ।
प्रकाशित मिति : October 25, 2021 at 4:09 pm





