३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते,केहीको अवस्था चिन्ताजनक

८ कात्तिक, विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा निफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 25, 2021 at 12:38 pm