३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

कांग्रेसले भन्योः प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्न मिल्दैन

८ कात्तिक, काठमाडौँ । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ । जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् ।

‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’

प्रधानन्यायाधीश जबराले आज सोमबारका लागि बोलाएको सर्वाेच्चको फुलकोर्ट १४ जना न्यायाधीशले बहिस्कारको निर्णय लिइसकेपछि कांग्रेस प्रवक्ता शर्मासँग प्रतिक्रिया लिएको हो । फुलकाेर्ट बहिस्कारकाे निर्णय लिएका न्यायाधीशकाे बैठक बिहान ११ बजे बस्दैछ । नेपाल बारले पनि बिहान ११ बजे बैठक डाकेकाे छ ।

प्रकाशित मिति : October 25, 2021 at 10:51 am