स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह
७ कात्तिक, काठमाडाैँ । स्वास्थ्य सेवा विभागको महानिर्देशककाे जिम्मेवारी डा दीपेन्द्ररमण सिंहले पाएका छन् । मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएकाे हाे ।

विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।
प्रकाशित मिति : October 24, 2021 at 12:17 pm





