३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

एमालेका नेता तथा वडाध्यक्ष राममणी अधिकारीको कोरोनाका कारण निधन

७ कात्तिक, नुवाकाेट । काेराेना संक्रमणका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणी अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।

उनलाई गत असार दोस्रो साता सङ्क्रमण पश्चात अवस्था गम्भीर भएसँगै अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।


नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : October 24, 2021 at 11:24 am