काठको फड्केबाट लडेर एक बालक खोलामा वेपत्ता
६ कात्तिक , बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–७ बोबाङमा भुजी खोला वारपार गर्न निर्माण गरिएको अस्थायी काठको फड्के तर्ने बेलामा चिप्लिएर खोलामा लडेर पाँच बर्षीय बालक वेत्तपा भएका छन् ।
शनिवार साँझ भूझी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका–७ धाराबोटका दिल बहादुर बिकका ५ बर्षीय छोरा जीवन बिक बेपत्ता भएका हुन् । उनी साथीहरुसँग खेल्ने क्रममा भुजी खोलाकोे साघुँबाट खसेको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जितबहादुर मुखियाले जानकारी दिए ।
विक नमुना बालविकास धारकोटमा अध्यननरत थिए । प्रहरी र स्थानीयको सक्रियतामा बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रसनि मुखियाको भनाइ छ । नजिकैमा रहेको पुलको विकल्पमा अस्थायी रुपमा बनाइएको साँघुमा उनी खेल्न पुगेका थिए । खोला विकको घरदेखि करिब दुई सय मिटर तल पर्छ ।
यस्तै जिल्लाको जैमिनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । जैमिनी नगरपालिका–२ ठेउले खोलाको किनारमा जैमिनी–४ सिस्नेरा बस्ने ४५ वर्षीय दलबिर सार्की मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । सार्कीलाई खोला किनारमा मृत अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:२३