नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना
५ कात्तिक, काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।
प्रकाशित मिति : October 22, 2021 at 4:32 pm





